राजनीति

नेकपा सचिवालय बैठक बस्दै



काठमाडौँ, १ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजे बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ । बैठकले केन्द्रीय कार्यसमितिको बाँकी रहेका कार्यविभाजनको टुंगो लगाउने बताइएको छ । शुक्रबार बसेको बैठकले ३२ वटै विभागको नेतृत्वको टुंगो लागेको छ ।