समाचार

जीपको ठक्करबाट साइकलयात्रीको मृत्यु



चितवन, ४ भदौ । चितवनमा जीपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

मंगलबार राति राप्ती नगरपालिका-४ लक्ष्मी नारायण मन्दिर नजिकै बा १८ च ९४९६ नम्बरको स्करपियो जीपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ भने मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । ठक्कर दिने जिप सहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको  छ ।