समाचार

चितवनमा बम बिस्फोट



चितवन, १० भदौ । चितवनमा बम बिस्फोट भएको छ ।

सोमबार दिउँसो १ बजेतिर राप्ति नगरपालिका स्थित वडा नम्बर ६ मा पर्ने पंफा खोलामा बम बिस्फोट हुदा १ जना घाईते भएका छन् ।

स्थानीय राजन शिल्वालले शंकास्पद बस्तु देखे पछि के रहेछ भनेर हेर्ने क्रममा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनमा सोमबार विप्लव समुहले बन्दको घोषणा गरेको छ । बन्दपूर्व राखिएको बम विस्फोटन भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।घाईते सिलवालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।