समाचार

प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ



काठमाडौँ, १० भदौ । प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेका छन ।

सोमबार काठमाडौँबाट बा.५ ख. ६७५२ नम्बरको टिपरको चेकजाँच गर्ने क्रममा कारवाहीबाट जोगिन ५ सय रुपैयाँ घुस दिन खोजेपछि ललितपुर गोदावारी नगरपालिका-३ का पवन सिलवाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सिलवालमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।