विश्व

स्पेनमा हेलिकप्टर र विमान जुधे, सात जनाको मृत्यु



एजेन्सी, १० भदौ । स्पेनमा हेलिकप्टर र एउटा विमान जुधे जुध्दा दुई बालबालिकासहित सातको मृत्यु भएको छ ।

ब्रिटिस सञ्चारमाध्यम गार्जियनका अनुसार पर्यटकीय टापु मल्लोर्काको आकासमा हेलिकप्टर र एउटा विमान जुधेका छन् । दुर्घटनाको समयमा विमानमा दुई जना र हेलिकप्टरमा पाँच जना सवार थिए । दुरघटनामा ती सबैको ज्यान गएको छ ।

आकाशमा ठक्कर खाएपछि दुई यान मैदानमा खसेका थिए । स्थानीय प्रहरी प्रवक्ताले सञ्चारकर्मीलाई बताए अनुसार हेलिकप्टरमा सवार चार जना एउटै परिवारका अभिभावक र तिनका दुई बालबालिका थिए ।

हेलिकप्टर जर्मनीमा दर्ता भए पनि त्यसमा सवार यात्रु कुन देशका भन्ने खुलेको छैन । पीडितको राष्ट्रियबारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएका छ ।