विश्व

चीन–अस्ट्रेलिया सम्बन्ध बिग्रँदै



काठमाडौँ, १० भदौ । अस्ट्रेलियाले न्यु साउद वेल्स राज्यका विभिन्न सरकारी विद्यालयमा चीनद्वारा सञ्चालन गरिरहेको शैक्षिक कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ । न्यु साउद वेल्स सरकारले चिनियाँ सरकारको आर्थिक सहयोगमा सञ्चालित शैक्षिक कार्यक्रम बन्द गर्ने निर्णय गरेसँगै चीनको विदेश मन्त्रालयले यो निर्णय अनुचित र अनादरपूर्ण भएको जनाएको छ ।

न्यु साउथ वेल्स सरकारले यस राज्यमा रहेका १३ सरकारी विद्यालयमा सञ्चालन भइरहेको उक्त शैक्षिक तथा सांस्कृतिक कार्यक्रम राजनीतिक प्रभाव बढेको भन्दै बन्द गरेको थियो ।