राजनीति

कृषिको विकासका लागि कृषिमा बढी लगानी : मुख्यमन्त्री भट्ट



डोटी, १० भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदुरपश्चिम प्रदेश कृषिको लागि अन्त्यन्तै महत्वपूर्ण र देशको विकास र समृद्धिको मुख्य आधार भएको बताउँदै कृषिको विकासका लागि कृषि क्षेत्रमा व्यापक मात्रामा लगानी आवश्यक रहेको बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका कृषि ज्ञान केन्द्र तथा कृषि सम्पर्क कार्यालयका प्रमुखका लागि दिपायलमा आयोजित एकदिने गोष्ठीमा मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा कृषिलाई पहिलो प्राथमिता दिएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रमा मात्रै काम गर्न सके सुदूरपश्चिमको विकासमा कायापलट हुनेछ ।’

गोष्ठीमा सहभागी अधिकांश कृषि प्रमुखले बजेट अभावका कारण कृषि क्षेत्रमा सोचेअनुसार लगानी गर्न नसकिएको धारणा राखेका थिए ।