राजनीति

विकास र समृद्धि प्रदेश सरकारको मुख्य एजेण्डा हो : मुख्यमन्त्री पोखरेल



बुटवल, १२  भदौ । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले विकास र समृद्धि प्रदेश सरकारको एजेण्डा रहेको बताएका छन ।

गुल्मीको धुर्कोट गाँउपालिकाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले देशका सात प्रदेशमध्ये सबैभन्दा धेरै कानुन प्रदेश ५ ले बनाएको दाबी गर्दै विकास खर्च सबैभन्दा धेरै गर्न सफल भएको बताए ।

उनले कृषिलाई  औधोगिककरण गरेर समृद्धि ल्याउने बताउदै कृषिमार्फत रोजगारी सिर्जना गर्ने, तीन बर्षभित्र आधारभूत खानेपानी पुर्याउने, ९० प्रतिशत अनुदानमा सोलार पुर्याइदिने लगायतका योजना प्रदेश सरकारले अगाडी सारको बताए ।

मुख्यमन्त्री पोखरेलले आगामी असार मसान्तसम्म सबै आयोजना सम्पन्न गर्ने, आर्थिक बृद्धिदर र प्रतिव्यक्ति आय उच्च गराउने, कृषि उद्योग मार्फत प्रदेशलाई समृद्ध बनाउने लगायतका योजना रहेको पनि जानकारी गराए ।