Banner News

राष्ट्रपति भण्डारी र जापानको प्रतिनिधिमण्डलबीच भेटवार्ता



काठमाडौँ, १४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको जापानको प्रतिनिधिसभा सदस्यबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेको इनादा तोमोमी नेतृत्वको प्रतिनिधिमण्डलबीच आज राष्ट्रपति कार्यालय शीतलनिवासमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका साथै दुवै देशमा सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिला सहभागिता अभिवृद्धिलगायत विषयमा विचार विमर्श भएको जनाएको छ ।