मनोरञ्जन

कान्समा ‘मेगालोपोलिस’को वर्ल्ड प्रिमियरमा बालेन सहभागि



काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग लिएका छन् ।

नेपाली समयानुसार बिहीबार बेलुका कान्समा फ्रान्सिस फोर्ड कोप्पोलाको फिल्मको प्रिमियर गरिएको थियो । उक्त प्रिमियरमा निर्देशक कोप्पोला, सुपरस्टार एडम ड्राइवर, बलिउड अभिनेत्री ऐश्वर्या राय पनि सहभागि रहे ।

कालो सुट र टोपीमा रेडकार्पेटमा बालेन देखिएका छन् । साथै, उनका व्यवस्थापन सल्लाहकार कुमार ब्यञ्जनकार पनि त्यहाँ छन् । साथै, बालेनले सोही दिन कान्स सहरका समकक्षी डेभिड लिसनार्डलाई पनि भेटेका छन् ।

‘मोगालोपोलिस’ले कान्समा ७ मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो । यसले सकारात्मक समीक्षा पनि प्राप्त गरेको छ । यो फिल्मको कथावस्तु सहरको भविष्य बनाउन वास्तुकार र एक भ्रष्ट मेयरको लडाइको वरपर घुमेको छ ।