Banner News

अराजकता र अन्यौलता देशले थाम्न सक्दैन, अब एक्सनमा जानुपर्छ : अध्यक्ष दाहाल



चितवन, १९ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अराजकता र अन्यौलताले देशले थाम्न नसक्ने बताएका छन ।

भरतपुर महानगरपालिकामा आयोजित भरतपुर विमानस्थल विस्तार एवम् सुधारबारे छलफल कार्यक्रममा अध्यक्ष दाहालले बोल्दै जनतामा बेचैनी सुरु हुँदा अराजकता र अन्यौलताले प्रश्रय पाउने बताए ।

उनले भने, ‘फेरी पनि अराजकता अन्यौलता यो देशले थाम्न सक्दैन, ‘जनतालाई समाजवाद उन्मुख राज्यको प्रत्याभूति दिन सक्नुपर्छ, अब एक्सनमा जानुपर्छ ।’