समाचार

मदिरा सेवन गरेका मजदुर मृत फेला



काठमाडौँ, १३ पौष । चौरीदेउराली गाउँपालिका-५ बहालटोलमा एकजना मृत अवस्थामा फेला परेको छ ।

शनिबार दिउँसो रुकुम सानोभेरी गाउँपालिका-८ घर भई हाल चौरीदेउरालीमा ज्यामी काम गर्दै आएका ४८ वर्षीय प्रवीर ओलीको सवफेला परेको प्रहरीले जनाएको छ ।

उनले शुक्रबार राति अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरेको भन्ने बुझिएको र चिसोका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।