समाचार

स्वयम्भूबाट ५ जुवाडे पक्राउ



काठमाडौँ, १४ पौष । काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू किमडोलबाट ५ जुवाडे पक्राउ परेका छन् ।

शनिबार बेलुका किमडोल बस्ने जुन नुच्छे महर्जनको जस्ताको टहरामा जुवातास खेलिरहेको अवस्थामा नगद ८६ हजार ७ सय ५० रुपैयाँ र १ बुक ताससहित नागार्जुन नगरपालिका-१ बस्ने २८ वर्षीय विशाल बिष्टसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।