स्वास्थ्य

हेर्उनुहोस उच्च रक्तचाप हुनेले ध्यान दिनैपर्ने कुराहरु



काठमाडौँ । उच्चरक्तचापको समस्या हुनेले समस्या न्युनिकरणका लागि खानपान र जीवनशैलीमा बढी ध्यान दिन जरुरी छ ।

ध्यान दिन पर्ने कुराहरुमा :

१. धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने  ।
२. नून र चिल्लो पदार्थको सेवन कम गर्ने  साथै मोटोपना घटाउने ।
३. गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएको सलाद दैनिक खाने ।
४. दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिंड्ने ।
५. गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त परिकार खाने । दिनदिनै फलफूल खाने ।
६. ध्यान, योगासन, प्राणायाम नियमित रुपमा गर्ने  र नरिसाउने, क्रोधित नहुने, उत्तेजनामा नआउने ।