राजनीति

अख्तियारले औषधि खरिदको कागजात मगाएर थाल्यो अनुसन्धान



काठमाडौँ, २४ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चीनबाट औषधि खरिद गरिएको कागजात मगाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागबाट कागजात झिकाएर चीनबाट औषधि खरिद गर्दा भएको अनियमितताको अनुसन्धान थालेको हो ।

अख्तियार स्रोतका अनुसार पछिल्लो निर्णयका साथै त्यसअघिको सार्वजनिक बोलपत्र र त्यसक्रममा १९ वटा सप्लायर्सले पेस गरेको कागजात पनि अध्ययनका क्रममा झिकाइएको छ ।

अख्तियारले गत बिहीबार स्वास्थ्य सेवा विभागका महादिर्नेशक महेन्द्र श्रेष्ठसँग सोधपुछ गरेको थियो ।