राजनीति

सांसद बस्नेतद्वारा भक्तपुरका विभिन्न अस्पताललाई पीपीई हस्तान्तरण



भक्तपुर, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) भक्तपुर अस्पताललाई हस्तान्तरण गर्नुभएको छ ।

संस्थालाई निक भुजिङ्ग हाउजिङ्ग प्रा.लि.का तर्फबाट समाजसेवी, युवा व्यवसायीहरु प्रबिन कुस्मा, पूर्ण लिम्बु र लक्ष्मण अवालबाट भएको सहयोगमा मानविय आस्था नेपालको आयोजनामा संस्थाका संरक्षक समेत रहनुभएका सांसद बस्नेतद्वारा जम्मा २६ वटा मध्ये आज १४ पिस पि.पि.ई भक्तपुर अस्पताललाई हस्तान्तरण गरिएको छ ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण स्वास्थ्य क्षेत्रमा अति आवश्यक स्वास्थ्य सामाग्री हाउजिङको सहयोग तथा मानविय आस्था नेपालकै आयोजनामा भक्तपुर अस्पताललाई १४ वटा, मानव अंग प्रत्यारोपण केन्द्रलाई ४ वटा, भक्तपुर क्यान्सर अस्पताललाई ४ वटा तथा क्वीक रेस्पोन्सलाई ४ वटा हस्तान्तरण गरिएको थियो ।

पीपीई ग्रहण गर्दै स्वास्थ्यकर्मीलाई अति आवश्यकीय सामाग्री स्वास्थ्यकर्मीले विरामीको उपचारमा संलग्न हुन थप उर्जा प्राप्त भएको अस्पतालले जनाएको छ । कोरोना भाइरसको विश्वभर फैलिएको संक्रमणसँगै पीपीई, माक्स, पन्जा लगायतका स्वास्थ्यकर्मीलाई अतिआवश्यकीय सामाग्री समस्या उत्पन्न भइरहेको समयमा सांसद बस्नेतको उक्त पहलले स्वास्थ्यकर्मीमा केही मात्रामा भए पनि राहत भएको छ ।

त्यस्तै मानविय आस्था नेपालको आयोजना तथा भुजिङ्ग हाउजिङग कै सहयोगमा दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने गरिव तथा असाहायलाई राहत समेत वितरण गरिएको छ ।

लकडाउनको कारण रोजी रोटी गुमेका मध्यपुर नगरपालिका वडा नं ९ टिकिनीका स्थानीय तथा बहालमा बसेकाहरुलाई नगरपालिका तथा स्थानीय निकायसंगकाे सहकार्यमा मानवीय आस्था नेपालद्वारा ७६ घर परिवारलाई राहत वितरण गरिएको छ ।