राजनीति

सरकारका नीति र कदम सही रहेको नेकपा सचिवालयको ठहर



काठमाडौँ, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) केन्द्रीय सचवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयास र हासिल भएका उपलब्धिहरूको बारेमा विस्तारपूर्वक जानकारी गराउनु भएको थियो ।

बैठकमा सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय निर्देशन समितिका संयोजक ईश्वर पोखरेलले कोरोना भाइरसको संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामहरूको विस्तृत जानकारी गराउनुभएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा सचिवालयका सबै सदस्यहरूले कोभिड १९ नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा आआफ्ना महत्वपूर्ण धारणा राख्दै सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको र अझ प्रभाकारी रूपमा अघि बढ्न आवश्यक सुझावहरू राख्नुभएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको सो बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल“प्रचण्ड“को संयुक्त अध्यक्षता गर्नु भएको थियो । उहाँहरूले बैठकमा प्रस्तुत गर्नुभएका सुझावहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि बैठकमा जोड दिनुभयाे । याे खबर गाेरखापत्र दैनिकमा छ ।