समाचार

एक युवकको बेवारिसे अबस्थामा शव फेला



गुल्मी, ६ असार । गुल्मीको रिडी खोलामा एक युवकको बेवारिसे अबस्थामा शव फेला गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ को शाखर भन्ने स्थानमा रिडी खोला किनारमा अन्दाजी १५/१६ वर्षको एक युवकको बेवारिसे शव फेला परेको हो ।

शुक्रवार साँझ फेला परेको शवलाई पहिचानको लागि इलाका प्रहरी कार्यालय रिडीमा राखिएको प्रहरीले जनाएको छ । शवको टाउकोमा चोट लागेको, वायाँ हातमा माछा मार्ने जालको डोरी बेरिएको र नग्न अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक पुनले बताए ।

शवको प्रकृति हेर्दा कुमाल जातीको जस्तो मुहार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।