स्वास्थ्य

खाली पेटमा पानी पिउनुको फाईदै फाईदा



स्वास्थ्य रहन कम्तीमा पनि दिनमा ३ लिटर सफा पानी पिउनु आवश्यक हुन्छ । पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ । पेट पानी खाँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ ।

हेर्नुहोस खाली पेट प्रशस्त पानी पिउनु को फाईदाहरु :

१. खाली पेट प्रशस्त पानी पिउदा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ ।

२. एक बिहानै शौच आउदैन भने कम्तिमा दुई गिलास मन तातो पानी खाली पेट खाँदा खुलेर शौच आउछ ।

३. बिहान उठ्ने वित्तिकै खाली पेटमा दुई गिलास पानी पिउनुहोस तपाईलाई भोक लागिरहन्छ ।

४. डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दुख्नु हो । त्यसैले बिहान उठ्नेवित्तिकै पानी पिउनुहोस यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट जोगाउछ ।

५. एक गिलास पानी खाली पेट खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ। तपाईको कोलोन सफा भएमा समग्रमा सम्पूर्ण शरिर नै स्वस्थ हुन्छ ।

६. डाइटिङ गरेको अबस्थामा पानी पिउदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई बृद्धि गर्छ । यसको अर्थ तपाईले चाँडो र प्रभावकारीरुपमा खाना पचाउन सक्नुुहुन्छ। जसका कारण छोटो समयमा नै तौल घट्छ ।

७. यदि तपाईलाई अल्छि लागेको छ भने एक गिलास पिउनुहोस। खाली पेट पानी खाँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुयाउछ।जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति नै धेरै शरिरमा अक्सिजन प्रबाह हुन्छ ।

८. खाली पेट प्रशस्त पानी खादा अनुहारको चमक बढाउछ । शरिरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउछ । तर प्रशस्त पानी खाँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउछ ।

९. दिनहुँ खाली पेटमा पानी खाँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ। तपाईको रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा तपाईलाई कुनै पनि प्रकारका रोग लाग्दैन ।

१०. जतिधेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरिरबाट फाल्न सहयोग पुग्छ ।