राजनीति

नेपालमा ७ जिल्ला कोरोनामुक्त



काठमाडौँ,  ४ असोज । नेपालमा ७ जिल्ला कोरोनामुक्त भएका छन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७ जिल्लामा सोलुखुम्बू, रसुवा, मुस्तांग, म्यागदी, सोल्पा, मुगू र हुम्ला कोरोनामुक्त रहेका छन ।

थप १ हजार २ सय ४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६१ हजार ७ सय ९७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आज १ हजार ४ सय ४७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४५ हजार २ सय ६७ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय १ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७११ जना कोरोना भाइरस पुष्टि भएको छ ।