राजनीति

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने निर्णय



काठमाडौँ, २४ वैशाख । सरकारले रक्षा मन्त्रालय मातहतको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ ।

प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो । 

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समिति रक्षामार्फत पूर्वाधारसम्बन्धी काम हुँदै आएको छ । ४ वर्षका लागि गठन भएको समितिको म्याद वैशाख २६ गते सकिन लागेकाले आजको बैठक सोही विषयलाई सम्बोधन गर्नका लागि बसेको शर्माको भनाइ छ ।  यसका लागि नयाँ कानुन नबनिसकेकाले हालका लागि समितिको म्याद एक वर्ष थप गर्ने भन्ने निर्णय भएको शर्माले बताइन् ।