राजनीति

काठमाडौँ उपत्यकामा थप ९४३ जनामा कोरोना पुष्टि



काठमाडौँ, १५ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९४३ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ गरी ९४३ जनामा संक्रमण पुष्टि भएको हो ।

थप १९ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७९ हजार ७ सय २८ जना पुगेको छ ।