राजनीति

काठमाडौँ उपत्यकामा थप १६३८ जनामा कोरोना पुष्टि



काठमाडौँ, १६ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६३८ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १२८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ गरी १६३८ जनामा संक्रमण पुष्टि भएको हो ।

थप २७ सय २२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८२ हजार ४ सय ५० जना पुगेको छ ।