राजनीति

सर्कुलर अनुसारको साङ्गठनिक काममा लाग्न मातहत कमिटीलाई संयोजक महरको निर्देशन



काठमाडौँ, १७ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले सर्कुलर अनुसारको साङ्गठनिक काममा लाग्न मातहत कमिटीलाई निर्देशन दिनुभएको छ ।

पार्टी एकतासँग सांगठनिक एकताका कामहरुलाई तिव्रता दिइरहेको अनेरास्ववियूले जिल्ला, क्याम्पस, स्थानीय तहगत कमिटीहरुको एकता सम्पन्न गर्नको लागि केन्द्रीय कार्यालयबाट विशेष सर्कुलर जारी गरिसकेको जानकारी गराउँदै संयोजक महरले सर्कुलर अनुसारको काममा लाग्न मातहतका कमिटीलाई निर्देशन दिनुभएको हो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा निर्देशन दिँदै लेख्नुभएको छ, ‘प्रीय कमरेडहरु १ अनेरास्ववियूको सङ्गठनिक एकता प्रक्रियाका कामहरु अघि बढीरहेको अवगत नै छ । यसै सिलसिलामा जिल्ला कमिटी, क्याम्पस कमिटी, स्थानीय तह कमिटीको एकता प्रक्रिया सम्पन्न गर्नको लागि अनेरास्ववियू केन्द्रीय कार्यालयबाट कार्यबिधी तयार गरि विशेष सर्कूलर जारी गरिएको छ । केन्द्रीय कार्यालयमा सम्पर्क गरी सर्कुलर अनुसारको साङ्गठनिक काममा लाग्न मातहत कमिटीलाई निर्देशन गर्दै आवश्यक सहयोगका लागि केन्द्रीय सदस्यहरुलाई अनुरोध गर्दछु ।’