राजनीति

काठमाडौँ उपत्यकामा थप ११७७ जनामा कोरोना पुष्टि



काठमाडौँ, १७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११७७ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १००१, भक्तपुरमा ६७ र ललितपुरमा १०९ गरी ११७७ जनामा संक्रमण पुष्टि भएको हो ।

थप २१ सय २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८४ हजार ५ सय ७० जना पुगेको छ ।