राजनीति

सांसद गगन थापासहित ६ जना कांग्रेस नेतामा कोरोना संक्रमण



काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसका नेता गगन थापासहित ६ जना नेतालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सांसद थापा, अर्जुननरसिंह केसी, कांग्रेस केन्द्रीय सदस्यहरुमा शम्भूलाल श्रेष्ठ, अनिता चौधरी लगायतका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित अन्य दुई जनाको विवरण खुलेको छैन । आगामी असोज १९ गते बस्न लागेको केन्द्रीय समितिको बैठकका लागि गरिएको हिजो शुक्रबार गरिएको परीक्षणबाट उहाँहरुको कोरोना पुष्टि भएको हो ।

नेता केसीले आफुलाई अहिलेसम्म पार्टीले तपाईलाई संक्रमण देखियो भन्ने जानकारी नदिएकोमा आफुलाई दुःख लागेको बताउँदै आफुमा कोरोनाको कुनै लक्षण नदेखिएको पनि प्रष्ट पार्नुभयो । आफु अब होम आइसोलेसनमा बस्ने जानकारी दिदै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सुरक्षित रहन पनि आग्रह गर्नुभयो ।

कांग्रेसले शुक्रबार केन्द्रीय सदस्यहरुसहित केन्द्रीय कार्यालयका कर्मचारी र नेताहरुका सुरक्षागार्डसहित २ सय ४१ जनाको स्वाब संकलन गरेको थियो ।