राजनीति

राष्ट्रपति भण्डारीद्वारा ट्रम्पको स्वास्थ्य लाभको कामना



काठमाडौँ, १८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । ट्रम्प दम्पतीलाई शुक्रबार कोरोना संक्रमण भएको थियो ।

भण्डारीले ट्रम्पलाई एक सन्देश पठाउँदै शीघ्र लाभको कामना गर्नुभएको हो । आफ्नो सन्देशमा भण्डारीले कोभिड–१९ लाई नियन्त्रण गर्नका लागि ठोस कदमहरु चाल्नुपर्नेमा जोडसमेत दिनुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र अमेरिका बीचको वहुआयामिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने धारणा व्यक्त गर्नुभएको छ ।