राजनीति

काठमाडौँ उपत्यकामा १५९९ थप जनामा कोरोना पुष्टि



काठमाडौँ, १८ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५९९ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ गरी १५९९ जनामा संक्रमण पुष्टि भएको हो ।

थप २२ सय ५३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८६ हजार ८ सय २३ जना पुगेको छ ।