राजनीति

काठमाडौँ उपत्यकामा १५३१ थप जनामा कोरोना पुष्टि



काठमाडौँ, १९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५३१ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० गरी १५३१ जनामा संक्रमण पुष्टि भएको हो ।

थप २४ सय ४० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८९ हजार २ सय ६३ जना पुगेको छ ।