विश्व

कोभिशिल्ड खोपलाई डब्ल्यूएचओको अनुमति



काठमाडौँ, ४ फागुन । कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

डब्ल्यूएचओले भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिशील्ड र दक्षिण कोरियाको अस्ट्राजेनेका–एसकेबायोले उत्पादन गरेको खोपलाई सूचीकृत गरेको हो । नेपालमा अहिले भारतले अनुदानमा उपलब्ध गराएको कोभिशिल्ड खोपबाट खोप अभियान चलिरहेको छ ।

डब्ल्यूएचओले विज्ञप्तिमा निकालेर कोभिशिल्डसहित दुई वटा खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको अध्ययनपछि सूचीकृत गरेको बताएको छ । डब्लुएचओले सूचीकृत गरेका खोप कोभ्याक्स सुविधामार्फत् वितरण गर्न योग्य हुन्छन् । कोभ्याक्स अन्तर्गत नेपालले यही महिनामा साढे २२ लाख मात्रा कोभिशील्ड प्राप्त गर्ने सरकारले जनाएको छ ।

कोभिशिल्डको प्रभावकारिता ६३ प्रतिशत पाइएको र १८ वर्षभन्दा माथि उमेरका सबैलाई लगाउन मिल्ने डब्ल्यूएचओले जनाएको छ ।