Banner News

एमाले ब्युतिँदा खुसी भएँ : नेता गाैतम



काठमाडौँ, ७ चैत । नेकपा एमालेका नेता वामदेव गौतमले सर्वोच्चबाट आएकाे फैसलाले एमाले अस्तित्वमा आउँदा आफू खुसी भएको बताएका छन् ।

आज बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै उनले भने, ‘२३ गतेको फैसलाले म खुसी भएर स्वागत गरेँ । पार्टी राजनीतिक रुपमा व्यवहारिक रुपमा फुटेको थियो । निर्वाचन आयोगले फुठाउन नसकेको मात्र थियो । सर्वोच्चले ऋषि कट्टेलको मागलाई मात्र सम्बोधन गरेर नाम मात्र फेरेको भए नेकपाको न एकता न विभाजन हुन्थ्यो। सर्बोच्चको फैसलाले नेकपा एमाले व्युँतियो र एकबद्ध हुने स्थिति बन्यो । तसर्थ यो फैसला एेतिहासिक छ ।’

गौतमले पुस ४ गते प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्तामा आफू साक्षी रहेको भन्दै त्यो वार्ता प्रचण्डको कमजोरीका कारण असफल भएको पनि बताए ।