राजनीति

प्रचण्डको लाजमर्दो राजनीतिः अध्यक्ष थापा



काठमाडौँ, ९ चैत । राष्ट्रिय प्रजातान्त्रीक पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्राण्डको अभिव्यक्तिलाई कडा रुपमा प्रतिवाद गर्नुभएको छ ।

प्रचण्डले एक कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई २०/२५ वर्षअिघ देखी नै विदेशीले पालिरहेको तथा संरक्षण गरिरहेको भन्दै गंभिर आरोप लगाउनुभएको थियो । सोही प्रशंगलाई लक्षीत गर्दै अध्यक्ष थापाले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन समेत फिर्ता लिन नसक्ने प्रचण्डले अनेक आरोप लगाउनु दुई पटक प्रधानमन्त्री भइसक्नुभएका प्रचण्डको नैतिकतामाथि नै प्रश्न चिन्ह खडा गर्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘२ पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री @kpsharmaoli लाई ‘बर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेकोछ । यस्तो गंभीर आरोप लगाउने, तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति ।’