अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २१ साउन । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन स्थिर रहदै प्रतितोला ९२ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले  घटेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।