राजनीति

नेता बस्नेतद्वारा दुई वटा सडक शिलान्यास



भक्तपुर, २५ साउन । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतद्वारा जिल्लालाई चारैतिरबाट सडक सञ्जालले जोड्ने लक्ष्यका साथ एकै पटक दुई वटा सडकको शिलान्यास गर्नुभएको छ ।

संघीय सरकारबाट आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजित रु दुई करोडको लागतामा सूर्यविनायक नगरपालिका वडा नं. ७ र ८ को सीमानामा पर्ने रमणीय तथा पर्यटकीय स्थलको रुपमा रहेको घ्याम्पेडाँडाबाट पार्टी भन्ज्याङ जाने सडक तथा रानीकोट जाने ८ मिटर चौडाईको सडक नेता बस्नेतले शिलान्यास गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले भक्तपुरलाई समय सापेक्ष रुपमा विकास र समृद्धिको यात्रालाई अगाडी बढाई जनताको माग र आवश्यकतालाई एक पछि अर्को गर्दै पुरा गरेको दावी गर्नुभयो । भक्तपुरका जनताको अबको माग र आवश्यकता समय सापेक्ष रुपमा परिवर्तित भई पार्क निर्माण, हरियाली वातावरण, सरसफाई, मठमन्दिरको पुनः निर्माणलगायतका निर्माणलाई उच्च प्राथमिकता दिई राज्यका मुख्य निकायसँग जोड्नु अहिलेको अपरिहार्यता रहेको औंल्याउनुभयो ।

वितगमा भक्तपुर जिल्लामा सवै क्षेत्रबाट करिव १६/१७ करोडमात्र आउने गरेको स्मरण गर्दै नेता बस्नेतले हाल एमालेको नेतृत्व आएसँगै जिल्लामा अरवौं अरव बजेट आएको जानकारी गराउनुभयो । भक्तपुर जिल्लामा आएको बजेटको बारेमा विस्तृत विवरण प्रस्तुत गर्दै उहाँले सूर्यविनायक नगरपालिका क्षेत्रमा निर्माण गर्न बाँकी रहेका सडकहरुलाई पनि तत्काल पूर्णता दिने प्रतिवद्धता जनाउनुभयो । भक्तपुरमा भुकम्पपछि भत्कीएका अस्पताल, मन्दिर तथा विद्यालयहरु पुनः निर्माण सम्पन्न भइसकेको समेत जानकारी गराउनुभयो ।

विगतमा पहुँज नभएको साथै विकास नभएको जिल्लाको रुपमा परिचित भएता पनि हाल पहुँच, लिङ्क, स्रोत साधनलाई व्यापक रुपमा लैजान सक्ने जिल्लाको रुपमा स्थापीत भएको उल्लेख गर्दै नेता बस्नेतले विगतमा कांग्रेसले भ्रम फिँजाएर अनेक कुराहरु गर्ने गरेको तर अब १० वर्षसम्म कसैले भ्रम फिँजाउन नसक्ने बताउनुभयो । एमालेले गरेको विकास र समिृद्धको यात्रालाई दिग्भ्रमित पारी कांग्रेस, माओवादी केन्द्र सहितको गठबन्धनले त्यसको स्वामित्व लिने कुचेष्ठा नगर्न समेत उहाँले चेतावनी दिनुभयो ।

कार्यक्रममा नगरप्रमुख बाशुदेव थापा, वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोेटा, ८ का वडाध्यक्ष किरण थापालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।