Banner News

आफ्नो गल्ती लुकाउन खोज्दै प्रधानन्यायाधीश जबरा



काठमाडौँ, २७ साउन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पछिल्लो समय अदालतको विवादित कुराहरुलाई लुकाउन खोज्नुभएको छ ।

नेपालको मात्र नभई विश्वका कुनै पनि देशमा नभएको संविधानभन्दा बाहिर रहि आफ्नो नेतृत्वको संवैधानिक इजलासले गरेको कुनै पनि फैसलालाई लिएर न्यायपालिकामाथि आरोपित नगर्न आग्रह गर्दै आफ्नो गल्तीलाई लुकाउन खोज्नुभएको छ । उहाँको उक्त अभिव्यक्तिबाट पनि प्रष्ट बुझ्न सकिन्छ कि पछिल्लो समय प्रधानन्यायाधिस जवरोको नेतृत्वमा भएका संवैधानिक इजलासहरु सफा नियतको छैनन् ।

नेपाल कानुन व्यवसायी परिषदले बुधबार ललितपुरमा गरेको कार्यक्रममा उहाँले अदालतले जहिले पनि समाजलाई हेरेर फैसला गर्ने भन्दै त्यसमा दोष लगाउने काम नगर्न आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘न्यायपालिकाले गर्ने सबै फैसलाहरु समाज र नागरिकसँग अभिप्रेरित हुन्छ । र समाजलाई हेरेर नै जहिले पनि न्यायपालिकाले फैसला गरिरहेको हुन्छ । न्यायपालिकालाई निरन्तर अघि बढिरहन दिनुपर्दछ । अथवा न्यायपालिकालाई दोष पनि दिनु हुन्न । र महत्व पनि दिनुहुन्न । यो आफैं महत्वपूर्ण निकाय हो । यसले नागरिकलाई जहिले पनि मार्ग निर्देशन गर्दछ । नागरिकभित्र देशका सबै नागरिकहरु राष्ट्रपतिदेखि सबै पर्दछन् ।’

प्रधानन्यायाधीश जबराले आफूले कहिल्यै पनि दबाब र प्रभावमा परेर फैसला नगरेको दावी समेत गर्नुभयो । तर उहाँकै नेतृत्वमा संविधान विपरित परमादेशबाट कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको छ । जुन नेपालको संविधानको कुनै पनि धारा अन्तरगत पर्न सक्दैन । विश्वमा विरलै मात्रामा भएको अदालतबाट प्रधानमन्त्री नियुक्ति सवै विवादित रहेका छन् । जुन प्रधानन्यायाधिस जबराले समेत दोहोर्याउनुभयो । जसले गर्दा नेपालको न्यायालयप्रति नै जनताको वितृष्णा समेत पैदा भएको छ ।