समाचार

श्रीमतीमाथि केमिकल प्रहार गरेको आरोपमा श्रीमान् पक्राउ



काठमाडौँ, २३ फागुन । भक्तपुरमा एक महिलामाथि केमिकल प्रहार गरेको आरोपमा उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका–४, दधिकोट बस्ने ६५ वर्षीय श्याम गुभाजुले आइतबार साँझ ६० वर्षीया श्रीमतीमाथि नाम नखुलेको केमिकल (रसायन) प्रहार गरी घाइते बनाएको छ । श्रीमतीलाई कुटपित समेत गरेका थिए ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले गुभाजुलाई नियन्त्रणमा लिएको छ । घाइतेलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोलीले थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।