अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १८ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सयले बढेर प्रतितोला ९९ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९९ हजार २ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।