अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २९ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सयले बढेर प्रतितोला १ लाख ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाख ४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढे १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।