Banner News

अर्थ मन्त्रालय र राष्ट्र बैंकको समन्वयन नहुदाँ अर्थतन्त्रमा चुनौती



काठमाडौँ, ९ बैशाख । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको समन्वयन गरेर काम गर्न नसकेको कारण अर्थमन्त्रालयमा चुनौतीहरू आएको अर्थविद्ले बताएका छन् ।

एमाले निकट बुद्धिजिवी परिषद्ले आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानकाे उपाय खोजीका अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद्हरुले अर्थतन्त्र संकटतर्फ गइरहेको अवस्थामा अर्थतन्त्रलाई सन्तुलन राख्नका लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वयन नहुँदा अर्थतन्त्रमा थप चुनौतीहरू थपिंदै गएको बताए ।

पूर्वअर्थसचिव रामेश्वर खनालले नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयले मिलेर काम गर्न नसकेकाले अर्थतन्त्रमा केही समस्या आएको बताए ।उनले अर्थतन्त्र संकटमा हुँदा होस् वा अर्थतन्त्र सहज अवस्थामा हुँदा मौद्रिय निकाय र वित्तीय निकाय दुवैबीच अत्यन्त घनिष्ट सम्बन्ध हुनुपर्ने बताए । यो समाचार आजको कारोबार दैनिकमा छ ।