अर्थ

अब ६८ वर्षमै वृद्ध भत्ता पाउने



काठमाडौँ, १५ जेठ । सरकारले अब ६८ वर्षमा नै वृद्ध भत्ता उपलब्ध गराउने भएको छ ।

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ३४ अर्ब रुपैयाँ विनियोजन भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै आइतबार संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा यस्तो बताएका हुन ।

यसअघि ७० वर्षका नागरिकलाई समाजिक सुरक्षा भत्ता दिइदै आएको थियो । त्यस्तै, सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्ने व्यक्तिलाई सरकारले सम्मान गर्ने भमएको छ ।