अर्थ

सूर्यविनायक नगरपालिकाकाको १ अर्ब ९२ करोडको बजेट बिनियोजन



भक्तपुर,१० असार। सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल १ अर्ब ९२ करोड १८ लाख बराबरको बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाकी उपमेयर सरिता तिमसिना भट्टराईले सो बजेट प्रस्तुत गदै कुल बजेटमध्ये चालुतर्फ–विषयक्षेत्रगत समिति रशाखाबाट प्रस्तावित कार्यक्रम संचालन गर्न २४ करोड ८२ लाख ३५ हजार, सामाजिक सुरक्षाभत्तामा रु १६ करोड, सशर्तका कार्यक्रम संचालन गर्न २६ करोड ६७ लाख ८४ हजार, चालूखर्च तर्फ २५ करोड २५ लाख र पूँजीगत कार्यक्रमतर्फ ९९ करोड ४३ लाख ५८ हजार विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट २२ करोड २८ लाख ७५ हजार, घरजग्गा रजिष्ट्रेशनबाट ३५ करोड, चालू आर्थिक वर्षको राजस्व बचतबाट २५ करोड, संघ र प्रदेशबाट प्राप्त वित्तीय समानीकरण अनुदान २५ करोड ५ लाख १३ हजार, संघ र प्रदेशबाट प्राप्त सशर्त अनुदान ४२ करोड ६७ लाख ८४ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, प्रदेशबाट प्राप्तविशेष अनुदान ७५ लाख, संघ तथा प्रदेशको राजस्व बाँडफाँडबाट १५ करोड ४२लाख ५ हजार, समपूरक योजना कार्यान्वयनको लागि जिल्ला समन्वय समिति र प्रदेशबाट ५ करोड, सामाजिक सुरक्षा कार्यक्रमबाट १६ करोड, सडकबोर्डबाट १ करोड र नगद लागतसहभागिताबाट ४ करोड प्राप्त हुने अनुमान नगरले गरेको छ ।