Banner News

पेट्रोलियम पदार्थको मूल्य घट्यो



काठमाडौँ, ११ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आज बिहान बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले आजराती १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २० रुपैयाँ र डिजेल/मट्टीमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको छ ।

अब पेट्रोलको मूल्य १७९ र डिजेल र मट्टीतेलको मूल्यमा १६३ रुपैयाँ भएको छ । सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको हो ।

यसअघि पेट्रोलको मूल्य १९९ र डिजेलको मूल्य १९२ थियो ।