अर्थ

भारतले चिनी निर्यातको प्रतिबन्ध एक वर्ष लम्ब्यायो



काठमाडौँ, १३ कार्तिक । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध एक वर्ष लम्ब्याएको छ ।

भारत सरकारले ३१ अक्टोबर २०२३ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै द इकोनोमिक्स टाइम्सले लेखेको छ ।

चिनी निर्यातमा रोक लगाउने निर्णयले नेपाल लगायतका मुलुकमा चिनी अभाव हुनेछ । भारत विश्वको सबै भन्दा ठूलो चिनी उत्पादक मुलुक हो ।