अर्थ

नेप्से परिसूचक ४५.६९ अंकले बढ्यो



काठमाडौँ, ६ जेठ । आज नेप्से परिसूचक ४५.६९ अंक बढेर २०६४.४५ विन्दुमा पुगेको छ भने यसै दिन ५ अर्ब २५ करोड रुपैयाँ माथिको कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन सेन्सेटिभ इण्डेक्स समेत ८.३९ अंक बढेको छ । आइतबार कूल ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ४० हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको सेयर मूल्य आइतबार १० प्रतिशतले बढेका छन् । हालैमात्र दोस्रो बजारमा कारोबारमा आएको माण्डु हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट (१० प्रतिशतले) घटेको छ ।