काठमाडौँ, २३ मंसिर । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।
बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ । निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ । एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्