शैक्षिक

विद्यालय भवन निर्माणमा ठेकेदारको चरम लापर्बाही



दार्चुला, २६ फागुन । जिल्लाको शैल्यशिखर नगरपालिका-९ स्थित गोकुलेश्वर माध्यामिक विद्यालयको भवन निर्माण कार्य अलपत्र परेको छ । ठेकेदारको लापर्बाहीका कारण भवन निर्माण अलपत्र परेको हो ।

नेपाल सरकारको संघीय सरकारबाट नमुना विद्यालय कार्यक्रमअन्तर्गत गोकुलेश्वर माविको ९ कोठे भवन निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा १ करोड ४५ लाख रुपैयाँ आएको थियो ।

भवन निर्माणका लागि टेन्डर आह्वान गरी २०७८ सालमा उषा निर्माण सेवा प्रा.लि. शैल्यशिखर नगरपालिका-१ बलाँच दार्चुलाका सञ्चालक लालीराम विश्वकर्मा (अवसेक) ले १ करोड ४५ लाख रुपैयाँ लागतमा ९ कोठे भवन निर्माण काम ७६ प्रतिशत विलो हाली ७९ लाख ४२ हजारमा भवन निर्माण गर्ने भनी जिम्मा लिएका थिए ।

निर्माण कम्पनी र विद्यालयबीच भएको सम्झौताअनुसार ठेकेदारले समयमै काम नगर्दा भवन निर्माण कार्यमा ढिलाइ भएको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।