Banner News

मकै खाँदै स्कूले विद्यार्थीसँग रमाएका केपी ओली



काठमाडौं २६ फागुन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री जनसम्बन्ध स्थापित गर्ने कुरामा एक कदम अगाडि छन। जन सुकै उमेर समूहकासँग उनी सजिलै घुलमिल हुन सक्छन् । उनको यस्तो स्वभावबारे समर्थकहरुले खुलेर प्रशंसा गर्छन् भने आलोचकहरुले भने सस्तो लोकप्रियताका लागि गरिएको टिप्पणी गर्नेगर्छन् ।
आज पनि ओलीले विद्यालयका बालबालिकाहरुसँग बाटोमै भेट मात्रै गरेनन् सँगै मकै पनि खाए । उनले आफू पार्टी कार्यालयबाट घर फर्कँदै गर्दा बाटोमा स्कूल छुटेर घर फर्कँदै गरेका बालबालिकाहरुसँग रमाइलो भेट गर्ने अवसर मिलेको बताए । त्यसै क्रममा नजिकै मकै पोलेर बेचिरहेकी महिलासँग मकै किनेर पनि ओलीले खाएको उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा फोटोसहित लेखेका छन, ‘पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो । नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो ।’