Banner News

नेपाली क्रिकेट टीमलाई अध्यक्ष ओलीको सन्देशः ‘राष्ट्र तपाईंहरुको साथमा छ, म तपाईंहरुको साथमा छु’



काठमाडौँ, २ चैत । आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो निर्णायक खेलमा नेपालले युएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले आज युएइसँग जीत हासिल गरे विश्वकप छनौटमा पुग्ने छ । यो नेपालको लागि ऐतिहासिक अवसर हुनेछ । यसै क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई खेलकुदको क्षेत्रबाट विश्वमा परिचित गराउन सफल नेपाली क्रिकेट टीमलाई हैसला प्रदान गर्नुभएको छ । उहाँले राष्ट्र नेपाली क्रिकेट खेलाडीहरुको साथमा रहेको उल्लेख गर्दै नेकपा एमाले र आफु नेपाली क्रिकेट खेलाडीको साथमा रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । ऊच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना ! राष्ट्र तपाईंहरुको साथमा छ, म तपाईंहरुको साथमा छु ।’