राजनीति

खर्च विवरण पेश नगर्ने उम्मेदवारहरूलाई सात दिनभित्र स्पष्टीकरण दिन आयोगको निर्देशन



काठमाडौँ, ६ बैशाख । निर्वाचन आयोगले गत मङ्सिर चार गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगर्ने उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

आज एक सूचना प्रकाशित गर्दै उम्मेदवार र संलग्न पार्टीको नाम ताेकेर सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले समय सीमा दिएकाे हो । खर्च विवरण पेस नगर्नुको चित्तबुझ्दो कारण पेस गर्न नसकेमा कारबाही प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ ।