राजनीति

संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगियो



काठमाडौँ, ६ बैशाख । प्रधानन्यायाधीश नियुक्ति गर्न आज बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

राष्ट्रिसभा अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार सिंहदरबारमा आज बसेको बैठकमा छलफल भएको तर कुनै निर्णय नभएको अर्को बैठकबाट निर्णय हुने भएको छ ।

नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन लगायत कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न दबाब दिएसँगै संवैधानिक परिषद्को बैठक आज बिहान बसेको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।